Posts

Showing posts from January, 2019

३० सेकेण्डमा निदाउने उपाय

सबै भन्दा पहिला एउटा कुरा थाहा पाइराखौं । जो व्यक्ति हरेक रात ११ घण्टा भन्दा बढी सुत्छ ३ बर्ष भित्र त्यो व्यक्तिको मृत्यु हुने चान्स ५० प्र्रतिशतले बढ्छ । र बिश्वमा धुम्रपानले भन्दा बढी अल्छीपनले मानिसको मृत्यु हुने केही अनुसन्धानले देखाएको छ । त्यसैले अल्छी गरेर धेरै पनि नसुत्नुहोला । तर यो भिडियोमा धेरै निदाउने भन्दा पनि निन्द्रा नै नपर्ने व्यक्तिको लागी केही अचुक उपायहरु बताउने छौं । भिडियो अन्त सम्म हेर्नुहोला र लाइक गर्न नबिर्सनुहोला । अधिकांश मानिसहरूलाई राति सुत्नेबेला निदाउनको लागि धेरै मुश्किल हुने गर्दछ । यस्तो समस्याबाट मुक्त हुने एउटै उपाय भनेको हाम्रो दिमागलाई शान्त र अचल बनाउनु नै हो। अमेरिकी निन्द्रा विशेषज्ञ ‘डा। एण्ड्रिउ विल’ ले एक श्वासप्रश्वासको प्रविधीको विकास गरेका छन्,जसले तपाईँलाई केवल ६० सेकेण्डमा नै निन्द्रा लगाउन मद्दत गर्दछ। यस भिडियोमा हामी ६० सेकेन्ड अर्थात १ मिनटमै निदाउने उपाय र अर्को पनि उपाय छ जसमा हामी ३० सेकेण्डमै निदाउन सक्छौं । सुन्दा बिश्वास नलाग्नेले यि दुबै उपायको बारेमा यस भिडियोमा बताउनेछौं । अपनाएर हेर्नुहोला । सुरुमा कुरा गरौं हामीलाइ...

बिश्वकै ठुला जनावर जनावरहरु

नमस्कार अनलाइन टिभिमा स्वागत छ । त्यसो त दुनियामा साना भन्दा पनि साना जिव र जनावरहरु हुन्छन्, जसलाइ अहिलेको प्रविधिले पनि देख्न सकिदैन । तर यस भिडियोमा हामी देखाउँछौं, पृथ्वीमा रहेका ठुला भन्दा ठुला अचम्म लाग्दा जनावरहरु । जसमा बाख्रा भन्दा पनि ठुला मुसा, कुकुर जत्रो खरायो, गधा भन्दा ठुलो कुकुर, अजंगको सर्प, ८ वटा हवाइजहाज भन्दा ठुलो ह्वेल माछा लगायत २० वटा अजंगका जनावरहरु यस भिडियोमा देख्न पाउनुहुनेछ । भिडियो लाइ लाइक गर्न भने नबिर्सनुहोला । शुरुमा कुरा गरौं नम्बर १ मा सबै भन्दा ठुलो मुसाको बारेमा यो क्यापाब्यारा नामको मुसाको प्रजाती हो । यो सामान्य बाख्रा भन्दा ४ गुणा ठुलो हुन्छ । ५ फिट सम्म लम्बाइ हुने दक्षिण अमेरीकामा पाइने यी मुसाको तौल लगभग १०० किलोको हुन्छ । यीनिहरु पानिको छेउछाउ पाइन्छन् भने यी मुसाहरु कम्तिमा २० देखी १०० जना सम्मको समुहमा हिड्ने गर्छन् । नम्बर २. सबै भन्दा ठुलो खरायो बिश्वको सबै भन्दा ठुलो खरायो डेरीस नामको खरायो हो । यो २२ किलो भन्दा धेरैको थियो र यसको लम्बाइ ४ फिट ४ इन्च थियो । यसको जेफ नामको बच्चाले गिनिज बुकमा रेकर्ड  समेत राखेको थियो । नम्बर ३....

ल अफ अट्रयाक्सन यो विधि अपनाएर जिवनमा हरेक कुरा पाउन सकिन्छ ।

हामी चाहन्छौं, सफल बनौं । आफुले गरिरहेको काममा धेरै भन्दा धेरै नतिजा प्राप्त होस् । आफुले खोजेजस्तै र चाहेजस्तै परिणाम हासिल होस् । सफलताको उच्चतम विन्दुमा पुग्न सकौं । तर, कसरी ? दर्शकहरु यस भिडियो हामी तपाइलाइ तपाइको सोचलाइ कसरी सफल बनाउने भन्ने बिषयमा बताउनेछौं । भिडियोलाइ शुरुमै लाइक गर्नु होला ।  हामी मध्ये धेरैले एक न एक पटक ल अफ अट्रयाक्सनको बारेमा सुनेका छौं ।  बिश्वमा धेरै सफल व्यक्तिले यो विधि अपनाएर जिवनमा सफल भएका छन् । के हो त ल अफ अट्रयाक्सन ? अर्थात आकर्षणको नियम । यसले हाम्रो जिवनमा कसरी काम गर्छ । भिडियो पुरा हेर्नुहोला । हामी जस्तो सोच्छौं , त्यस्तै हाम्रो जिवनमा हुन थाल्छ । यो एक विश्वब्यापी सत्य कुरा हो । सोचकै शक्तिले  हरेक कुरा तपाइतिर अकर्षित हुन्छ । तपाइ जस्तो सोच्नुहुन्छ त्यस्तै बन्नु हुन्छ । ल अफ अट्रयाक्सन के भन्छ भने सबै भन्दा पहिला तपाइ आफुलाइ राम्रो सोच्नुस । जो व्यक्ति आफुलाइ महत्वपुर्ण ठान्दैन बास्तवमै त्यो महत्वपुर्ण हुन्न । तपाइ के सोच्नु हुन्छ यसले तपाइ कस्तो काम गर्नु हुन्छ भन्ने कुरा निर्भर गर्छ । तपाइ के काम गर्नु हुन्छ त्यसले ...

बिश्वको सबै भन्दा छाडा देश

स्पेन भन्ने बित्तिक्कै धेरैले त्यहाँको फुटबल क्लब सम्झन्छन् । फुटबल स्पेनको सबै भन्दा लोकप्रिय खेल हो । प्रशिद्ध फुटबल क्लब रियल मड्रिड र बार्सीलोना स्पेनकै हो । यो त सबैलाइ थाहा भएकै कुरा हो । यस भिडियोमा स्पेनका केटा केटी तथा महिला पुरुषहरु किन सार्वजानिक ठाउँमा नाङ्गिन्छन ? आखिर किन यस्तो होला त ?  पुरा भिडियो हेर्नुहोला अबश्य बताउने नै छौं । भिडियोलाइ अहिले नै लाइक गर्न नबिर्सर्नुहोला । कुनै जमानामा २१ वटा देशमा शासन गर्ने स्पेनको जनसंख्या अहिले करिब ५ करोड छ । यो संवैधानिक राजतन्त्र भएको देश हो । यहाँका नागरीकहरु कारको धेरै शौखिन हुने गर्छन् । यहाँ मोबाइल फोन भन्दा बढी कार किन्ने गर्छन् । यो देशको बिजुली उत्पादनको मुख्य स्रोत हावा हो । हावा र घाम बाट बिजुली उत्पादन गरेर देशभरी वितरण गर्ने गरिन्छ । प्राय स्पेनिस नागरिकहरु २४ घण्टामा १६ घण्टा खाना पिउन र मनोरञ्जनमा बिताउने गर्छन् । संसारभरबाट ५ करोड पर्यटकहरु हरेक बर्ष घुम्नको लागी यो देशमा आउने गर्छन् । स्पेनको राष्ट्रीय जनावर साँढे हो । स्पेनमा हरेक बर्ष बुल फाइटिङ अर्थात साँढे जुदाइ हुने गर्छ । यो त्यहाँको ठुलो चाडपर्व...

कुवेतको यो भिडियो खोजी खोजी हेर्नुस । यस्ता छन् Kuwait का रहस्यहरु

कुवेत अरबी देशहरुमा सबै भन्दा सानो देश हो । यो देश अरबी संस्कृती र बिकाशका कारण बिश्वमा चर्चित छ । यहाँका हरेक नागरीक करोडपती छन् । यो देश सँग सम्बन्धीत यस्ता कुराहरु छन्, जुन सबैले थाहा पाउनु जरुरी छ । भिडियोलाइ लाइक गर्नुहोला । हामी फटाफट कुवेतका बारेमा रोचक जानकारी दिदैंछौं । अरबि भाषमा कुवेतको अर्थ पानिको छेउमा एउटा घर हो । कुवेत करिब ४ सय बर्ष अघि स्थापना भएको देश हो ।  जहाँ खोला नाला वा पोखरी केही पनि छैन । छ त केवल नुनिलो पानि भएको समुन्द्र । कुवेतको पानी तेल भन्दा महँगो हुन्छ । यो देशलाइ पनि अंग्रेजहरुले शासन गरेका थिए । कुवेत अंग्रेजहरुबाट स्वतन्त्र भएको मात्र ५८ बर्ष भएको छ । तर १९ बर्ष अघि फेरी कुवेतमा इराकले आक्रमण गरी ७ महिना सम्म कब्जामा राख्यो । र कुवेतको ७५० वटा भन्दा बढी तेलको कुवा ध्वस्त पारिदिए र हजारौं नागरीक मारिए । पछि अमेरिकी सेनाले इराकीहरुलाइ त्यहाँ बाट लखेटेपछी कुवेतले शान्तीको सास फेरेको हो । कुवेत अत्याधिक गर्मी हुने देश हो यहाँको तापमान ५३ डिग्री सम्म पुग्छ । यो देशमा रक्सी किनबेच गर्न पाइदैन । र यहाँ कुनै रेल्वे लाइन पनि छैन । कुवेतको जनसख्या न...

हद भन्दा बढी पैसा भएपछी दुबइका जनता यस्तो सम्म गर्छन् ।

कुनै जमानामा दुबइ एउटा डर लाग्ने सुनसान ठाउँ थियो तर अहिले दुबइ बिश्वका धेरै मानिसहरुको सपनाको शहर हो । दुबइ बिश्वकै अग्ला र महंगा घरहरु, बिश्वकै अग्ला शापिङ मलहरु र अचम्मका बिश्वास नलाग्ने चिजहरु ले भरिपुर्ण छ ।   यो सपनाको शहर सम्बन्धी धेरै रोचक जानकारीहरु छन्, जुन झट्ट सुन्दा बिश्वास नलाग्न सक्छ । आउनुस पुरा भिडियो मा दुबइ घुमाउने छौं शुरुमा भिडियो लाइक गर्न नछुटाउनु होला । प्राय मानिसहरु दुबइ एक देश हो भन्ने ठान्छन् । तर दुबइ युनाइटेड अरब इमिरेट्स को सात वटा राज्य मध्य एउटा हो । दुबइ संसारकै सबै भन्दा धनी शहर मध्यमा गनिन्छ । यो बिश्वकै २२ औं महंगो शहर पनि हो । दुबइका मुल निवासीहरु चितुवा पाल्न मन पराउँछन् । जम्मा जम्मी २८ लाख जनसंख्या भएको देशमा लगभग आधा जनसंख्या भारतका छन् । । बिश्वमा अपराध नै नहुने शान्तीप्रिय शहर भनेर दुबइ लाइ चिनिन्छ । यहाँको अपराध लगभग शुन्य छ । दुबइका पुलिसहरुले फरारी र लेम्बोर्गेनी जस्ता महंगा गाडी चलाउने गर्छने । दुबइका जनताहरु कारका धेरै सौखिन हुने गर्छन् । बिश्वकै ४० प्रतिशत सुनको कारोबार दुबइबाटै हुन्छ । यो देशका नागरीक सुनको उत्तिकै...

हाँस उठ्ने अनौठा र अचम्मका सिमाना भएका देशहरु

बिश्वभर लगभग २ सय वटा देशहरु छन् । धेरै देशहरु चारैतिरबाट समुन्द्रले घेरीएका छन् । यो संसारमा धेरै अचम्म अचम्मका सिमानाहरु पनि छन् । केही सिमानाहरु अत्यन्तै खतरनाक छन भने केही हाँस उठ्ने खालका छन् । साथमा नेपाल र चाइनाको पनि यस्तै एउटा सिमानाको बारेमा बताउने छौं ।  यस भिडियोमा यस्तै यस्तै अनौठा सिमानाहरुको बारेमा भन्ने छौं । शुरुमा लाइक गर्न भने नछुटाउनु होला । नम्बर १५ ः बेल्जियम र नेदरल्याण्डको सिमाना ः यो बिश्वको सबैभन्दा झूक्याउने सिमाना हो जुन एउटा सहरको बिच मा छ । यो सिमानाको नाम बार्ले नस्साउ र बार्ले हेर्टोग हो । यो सिमानाको बिचमा एउटा घर छ जुन आधा बेल्जीयममा र आधा नेदरल्याण्डमा पर्छ । अनि यो एउटा होटल आधा नेदरल्याण्डमा छ भने आधा बेल्जीयममा । नम्बर १४ ः डर्बी लाइन भरमोन्ट ः यो सिमाना अमेरीका र क्यानाडाको हो । यहाँको एउटा परिवार खाना अमेरीकामा बनाउँछन् अनि खान्छन् क्यानाडामा । यहाँको अर्को एउटा थियटर पनि सिमानामै बनाइएको छ । यसको स्टेज अमेरीकातिर पर्छ भने दर्शक क्यानाडा तिर हुन्छन् । नम्बर १३ ः सगरमाथा ः धेरैलाइ थाहा नहुन सक्छ, पुरै सगरमाथा नेपालमा पर्दैन । आधा मात्रै स...

सरकारले पनि रोक लगाएका यस्ता खतरनाक ठाउँहरु

बिश्वका हरेक मान्छे पुरै बिश्व घुम्न चाहन्छ । तर बिश्वका यस्ता ठाउँहरु पनि छन्, जहाँ तपाइ सपनामा पनि जान चाहनु हुन्न । त्यहाँ जानु भनेको मृत्युलाई निम्तो दिनु बराबर हो । किनकी ति ठाउँहरु रहस्यले भरिएका र खतरनाक छन् । जसलाइ  अहिले सम्म कसैले बुझ्न सकेको छैनन् । संसारमा धेरै ठाउँहरु यस्ता छन्, जसको रहस्य पत्ता लगाउने धुनमा आफ्नो ज्यान नै गुमाए ।। यस्ता ठाउँमा जान त्यहाँको सरकारले पनि रोक लगाएका छन् । आउनुस तपाई जहाँ हुनुहुन्छ त्यहि ठाउँ बाटै यी खतरनाक ठाउँहरु घुमौं । आज हामी यस्ता खतरनाक ठाउँहरुको बारेमा बताउने छौं । शुरुमा भिडियो लाइक गर्नु होला । नम्बर १ ः सेन्टीनल आइल्याण्ड हामीले नेपालका जंगलमा बस्ने राउटे त सुनेका छौं तर हाम्रा राउटेहरु धेरै खतरनाक छैनन्, यी राउटेले मान्छे त खाँदैनन् । बिश्वमा एउटा यस्तो ठाउँ छ । जहाँका आदिवासी  नयाँ मान्छे देख्न साथ आक्रमण गर्छन र मारेर खान्छन् । हजुर, अन्डमान निकोबर द्धिप समुहको नर्थ सेन्टीनल आइल्याण्ड मा जो व्यक्ति जान्छ त्यो फर्केर आउन असम्भव हुन्छ । जानकारीका अनुसार यो हिन्द महासगरको सबैभन्दा ठुलो आइल्याण्ड मानिने गर्छ । जसको क्...

खतरनाक नागाल्याड र डरलाग्दो भरतको तथ्यहरु यस्ता छन् ||

नमस्कार अनलाइन टिभिमा स्वागत छ । नागाल्याण्ड भन्ने वित्तिकै हामी मध्ये धेरैलाइ कौतुहल हुन सक्छ । आखिर के हो नागाल्याण्ड ? कहाँ छ ? र कस्ता मान्छे बस्छन् त्यहाँ ? यी सबै प्रश्नका उत्तरहरु यस भिडियोमा छ । भिडियो लाइक गर्नुस र अन्तीम सम्म हेर्नुहोला । भनिन्छ कि नागाल्याड एउटा खतरनाक राज्य हो । यहाँ का केही गाउँहरु घुम्नु अघि धेरै सावधानीहरु अपनाउनु पर्छ । नेपाल लगायत भारतमा पनि के हल्ला छ भने नागाल्याण्डमा मान्छेको पनि मासु खाने गरिन्छ । तर सत्य के हो कसैलाइ थाहा छैन । नागाल्याण्ड भारतको १६ औं राज्य हो । यसको राजधानी कोहीमा हो भने ठुलो शहर दिमापुर हो । ७० प्रतिशत मानिसहरु खेतीपाती गर्छन् । यहाँ करिब ३५ लाख जती मानिसहरु बसोबास गर्छन्  ।  यहाँ १ लाख जनसङ्ख्यामा ५५ जना अपराधमा लागेका हुन्छन् ।  धेरैको मनमा नागाल्याण्ड हिन्दु धर्मका होलान भन्ने पर्न सक्छ तर यो गलत हो । नागाल्याण्ड हिन्दु हैन इसाइ धर्मालम्बी हुन् । नेपालको एउटा जिल्ला जत्रो यो नागाल्याण्डमा ८८ प्रतिशत इसाइ धर्म मान्ने मानिसहरु बस्छन् भने १ सय भन्दा धेरै जनजातीहरु बस्छन् ।  यहाँका मानिसहरु कुकुर, गाइ, बिरा...

बच्चाहरु जसलाइ जनावरहरुले पालेर ठुलो बनाए ||

चलचित्र जंगलबुक धेरैले हेर्नु भएको होला, नभए सुन्नु त पक्कै भएको छ । यो चलचित्र एउटा मोगली नामक बच्चामा आधारित थियो । उक्त बच्चालाइ भेडाहरुले पालेर ठुलो बनाएका थिए । मोगली भेडाहरुसँगै हुर्केको हुनाले उ भेडाको जस्तै ब्यबहार गर्दथ्यो । तर यो चलचित्रको कथा मात्र हैन, यथार्थमा नै मोगली जस्ता जंगलमै जनावरहरुसँग हुर्केका मानिसहरु थिए । ति बच्चाहरु कोही आमाबुबा सँग जंगलबाट हराएका थिए भने कोही अपहरणकारीहरुले जंगलमै अलपत्र छाडेका थिए । ति बच्चा हरुलाइ जनावरहरुले मार्नुको सट्टा हुर्काइ बढाइ ठुलो बनाए । भिडियो फटाफट लाइक गर्न नबिर्सनुस । शुरु गरौं यो रोचक खबर । ओक्साना मलाया युक्रेन १९९१ सन १९८५ मा युक्रेन नामक देशमा एक जड्याहा आमा बाउले नशाको तालमा २ बर्षकी छोरी घर बाहिरै छोडे । कसो कसो गरी उक्त बालीका कुकुरहरुको झुण्ड बस्ने ठाउँमा रुँदै कराउँदै पुगीन । ओक्साना मलाया नाम गरेकी ति बालीका मोंगरेल जातका कुकुरहरु सँग करीब ६ बर्ष जती बसीन । सन १९९१ मा ओक्साना भेटीइन तर त्यतिबेला सम्म उनको बानी ब्यहोरा सबै कुकुरको जस्तै भइसकेको थियो । ओक्साना कुकुर जस्तै ४ हात खुट्टाले हिँड्थीन । कुकुर जस्तै दाँ...

युगाण्डा बच्चा पाउने फ्याक्ट्री

बजाउने युगाण्डा बिश्वको यस्तो देश हो जसलाइ चिम्पान्जीकोे देश पनि भनिन्छ । यहाँ ५ हजार भन्दा धेरै चिम्पान्जीहरु छन् । यो नेपाल भन्दा पनि गरिब देश हो । यहाँका धेरै मानिसहरु दिनको १ सय रुपैयाँ भन्दा पनी थोरै पैसामा गुजारा चलाउने गर्दछन् । सन २०१८को जनगणना अनुसार युगाण्डाको जनसंख्या ४ करोड भन्दा बढी छ । युगाण्डाका महिलाहरु कसैलाइ बोलाउनु पर्दा सिठी बजाउने गर्दछन् । यो देशमा ३० भन्दा बढी भाषा बोलीन्छ । तर राष्ट्रीय भाषा अंग्रेजी हो । युगाण्डाको राजधानी कम्पाला शहर हो जुन पुर्वि अफ्रीकाको सबै भन्दा राम्रो शहर हो । यो देशको राष्ट्रीय फुल छैन । युगाण्डाका महिलाहरु बच्चा जन्माउने फ्याक्ट्री भन्दा पनी फरक पर्दैन । किन भने उनीहरु कम्तीमा ६ जना बच्चा जन्माउने गर्दछन् । यसै कारण यो देशकोे आधा भन्दा बढी जनसंख्या १४ बर्ष भन्दा कम उमेरका छन् । यहाँका महिला धेरै अशिक्षत भएका काारण पनि उनिहरुको सानै उमेरमा बिहे हुने गर्दछ । र सानै उमेरमा आमा बन्नु पर्दा आमा र बच्चा दुबै मर्ने खतरा पनि अन्य देश भन्दा युगाण्डामा धेरै छ । यो देशका ८५ प्रतिशत बच्चाहरु ७ कक्षा सम्म पनि पढ्न पाउँदैनन् । युगाण्डाका...