३० सेकेण्डमा निदाउने उपाय


सबै भन्दा पहिला एउटा कुरा थाहा पाइराखौं । जो व्यक्ति हरेक रात ११ घण्टा भन्दा बढी सुत्छ ३ बर्ष भित्र त्यो व्यक्तिको मृत्यु हुने चान्स ५० प्र्रतिशतले बढ्छ । र बिश्वमा धुम्रपानले भन्दा बढी अल्छीपनले मानिसको मृत्यु हुने केही अनुसन्धानले देखाएको छ । त्यसैले अल्छी गरेर धेरै पनि नसुत्नुहोला ।

तर यो भिडियोमा धेरै निदाउने भन्दा पनि निन्द्रा नै नपर्ने व्यक्तिको लागी केही अचुक उपायहरु बताउने छौं । भिडियो अन्त सम्म हेर्नुहोला र लाइक गर्न नबिर्सनुहोला ।

अधिकांश मानिसहरूलाई राति सुत्नेबेला निदाउनको लागि धेरै मुश्किल हुने गर्दछ । यस्तो समस्याबाट मुक्त हुने एउटै उपाय भनेको हाम्रो दिमागलाई शान्त र अचल बनाउनु नै हो।

अमेरिकी निन्द्रा विशेषज्ञ ‘डा। एण्ड्रिउ विल’ ले एक श्वासप्रश्वासको प्रविधीको विकास गरेका छन्,जसले तपाईँलाई केवल ६० सेकेण्डमा नै निन्द्रा लगाउन मद्दत गर्दछ। यस भिडियोमा हामी ६० सेकेन्ड अर्थात १ मिनटमै निदाउने उपाय र अर्को पनि उपाय छ जसमा हामी ३० सेकेण्डमै निदाउन सक्छौं । सुन्दा बिश्वास नलाग्नेले यि दुबै उपायको बारेमा यस भिडियोमा बताउनेछौं । अपनाएर हेर्नुहोला । सुरुमा कुरा गरौं हामीलाइ निन्द्रा नलाग्ने केही कारणहरुको बारेमा ।

कारण

शारीरिक एवं मानसिक तनाव तथा पीडा भएमा निन्द्रा लाग्दैन ।
डर, चिन्ता, रिस, राग आदिले ग्रस्त भएमा निन्द्रा लाग्दैन ।
कब्जियत, अपचजस्ता पेटको समस्या भएमा निन्द्रा लाग्दैन ।
सुत्ने समय नमिल्दा निन्द्रा लाग्दैन ।
सुत्ने वातावरण प्रतिकूल नभएमा निन्द्रा लाग्दैन ।
नयाँ ठाउँमा सुत्दा निन्द्रा लाग्दैन ।
मल, मूत्रादी बेग धारण गर्दा निन्द्रा लाग्दैन ।
सुत्ने कोठामा प्रकाश र शुद्ध वायुको प्रबन्ध नभएमा निन्द्रा लाग्दैन ।
चिया, कफी, मदिरा सेवन र धूमपान ज्यादा भएमा निन्द्रा लाग्दैन ।
सुत्नुअघि ज्यादा तथा भारी भोजन भएमा निन्द्रा लाग्दैन ।
लक्षण के के हुन त ?

आवश्यकताभन्दा कम निद्रा लाग्नु,
 हाई आउनु, टाउको दुख्नु, आलस्य हुनु, झर्को लाग्नु,
राति धेरै पटक बिउँझनु,
कार्य क्षमता घट्दै जानु,
भोक कम लाग्दछ,
रक्तसञ्चारमा शिथिलता र रक्तचापको समस्या हुन सक्दछ,
एकाग्रता र स्मरण शक्ति कम हुनु,
दिनमा थकान, बेचेनी लाग्नु आदि


चाँडै निदाउने केही उपायहरुको कुरा गरौं । बायाँ तिर ढल्केर सुत्ने अनि दायाँ नाकको प्वाल एउटा औंलाले थुन्ने र बायाँ नाकले मात्र बिस्तारै गहिरो स्वास लिने र फाल्ने यसले तपाइलाइ बिस्तारै निन्द्रा लाग्न शुरु हुन्छ ।  सुत्ने बेलामा आफुलाइ शान्त हुनुस र निदाएको कल्पना गर्नुस ।



अब कुरा गरौं ३० सेकेण्डमा निदाउने उपायको बारेमा यो विधि तपाइले आफु आरामदायी र सुत्ने मनसायमा भएको बेलामा गर्नुस । यतिबेला मनमा कुनै किसिमको बेचैनि हुनु हुन्न  । सुत्ने कोठा शान्त र अँध्यारो हुनुपर्छ ।

यति गरेपछी ३० सेकेण्डमा निदाउनको लागी तपाइले मुखबाट हुस्स गरेर स्वास छोड्नुस । अनि स्वासलाइ सेकेण्डको हिसाबमा ७ गनुनजेल रोक्नुस । र बिस्तारै फेरी आठ गनुन्जेल स्वास फेर्नुस । फेरी उसैगरी स्वास तान्नुस र स्वास छोड्नुस । ४ पटक सम्म यसो गर्नुस । यसो गर्दा तपाइको सम्पुर्ण ध्यान स्वास लिने र फ्याक्नेमा हुनु पर्छ । र सास तान्दा र फाल्दा गहिरो सँग गर्नु पर्छ ।

यो विधि गर्दा मुटुको धड्कन कम हुन्छ । र दिमाग पनि शानत हुन्छ । पहिलो पल्ट यो विधि गर्दा निन्द्रा नलाग्न सक्छ किन भने तपाइको ध्यान निन्द्रा लाग्ला कि नलाग्ला भन्नेमा बढी केन्द्रीत हुन सक्छ । त्यसैले यो विधि हरेक पट सुत्ने बेलामा गर्नुस एक दिन तपाइ अबश्य बानि पर्नु हुनेछ र त्यपछी तपाइ सुत्ने बित्तिक्कै निदाउन पाउनु हुनेछ । यो एउटा ध्यान र साधाना जस्तो पनि हो ।

अब कुरा गरौैं १ मिनट अर्थात ६० सेकेण्डमै निदाउने वैज्ञानिक उपायको बारेमा ।

अमेरिकी निन्द्रा विशेषज्ञ ‘डा। एण्ड्रिउ विल’ ले एक श्वासप्रश्वासको प्रविधीको विकास गरेका छन्,जसले तपाईँलाई केवल ६० सेकेण्डमा नै निन्द्रा लगाउन मद्दत गर्दछ।

तर यो विधिबाट प्रत्यक्ष असर देख्नको लागि तपाईँले ६० दिनसम्म हरेक दिन २ चोटी यसलाई अभ्यास गर्नुपर्ने हुन्छ। दिनदिनै अभ्यास गर्दैजाँदा तपाईँ आफैले यसको असरलाई महशुस गर्न सक्नुहुनेछ।

यो विधिमा ४(७(८ को नियम लागू हुन्छ, यसको लागि कुनै बाह्य साधनको जरूरत पर्दैन र तपाईँले जहाँ बसेर पनि यसलाई अभ्यास गर्न सक्नुहुन्छ। डा। विलका अनुसार, जति धेरै अभ्यास गर्यो त्यति नै आराम पाउन सकिन्छ र यसले तपाईँको रिसलाई नियन्त्रण गर्न पनि मद्दत गर्दछ।

यो अभ्यास सिक्नको लागि ढाडलाई सीधा बनाउनुहोस् र पाइतालाले भुईँमा सीधा टेक्नुहोस्। त्यसपछि निम्न विधिहरू गर्नुहोस्(

१। मुखबाट सबै हावा बाहिर निस्कने गरि लामो स्वास फाल्नुहोस्।

२। त्यसपछि मुख बन्द गरेर नाकबाट बिस्तारै स्वास भित्र लिनुहोस् र मनमनै ४ सम्म गन्नुहोस्।

३। त्यसपछि स्वासलाई रोक्नुहोस् र मनमनै ७ सम्म गन्नुहोस्।

४। त्यसपछि फेरि मुखबाट सबै हावालाई बाहिर निस्कने गरि ८ गनुन्जेलसम्म स्वास फाल्नुहोस्, यसरी बाहिर फाल्दा आवाज निस्कनुपर्ने हुन्छ।

५। यति गर्दा एक स्वासप्रश्वास पूर्ण हुन्छ। अब फेरि नाकबाट बिस्तारै स्वास भित्र लिनुहोस् र यो प्रक्रिया ४ चोटि दोहोर्याउनुहोस्।

निद्रा लगाउन र मस्त निदाउनका लागि यी २० उपायलाई ध्यान दिनु होला।

१।       स्विच अफ गर्नेः

२।     दिउँसो नसुत्नेः

३।     घडी बन्द गरेर सुत्नेः

४।     ढाड दुख्छ भने सुत्दा तकिया च्याप्नेः

५।     उपयुक्त सिरानी प्रयोग गर्नुहोस्ः

६।     म्याट्रेसरडसनामा किरा पस्न नसक्ने खोल हाल्नुहोस्ः

७।     बिछ्यौना सुत्नका लागि मात्र प्रयोग गर्नुहोस्ः

८।     निश्चित समयमा सुत्ने र उठ्नेः

९।     क्याफिनको मात्राप्रति सावधान हुनुहोस्ः

१०। नियमित व्यायाम गर्नुहोस्ः

११। हलुका डिनर गर्नुहोस्ः

१२। मदिरा पिउनेरनपिउने पुनर्विचार गर्नुहोस्ः

१३। राति पानी पिउँदा ध्यान दिनुहोस्ः

१४। बत्ती मधुरो पार्नुहोस्ः

१५। शान्त वातावरणमा सुत्नेः

१६। सुर्तीजन्य पदार्थ नखानुहोस्ः

१७। बेड आफ्नो लागि होः

१८। मनलाई शान्त पार्नुहोस्ः

१९। निद्रा लगाउने औषधि खाँदा विचार पुर्‍याउनुहोस्स्

२०। चिकित्सकसँग परामर्शः



Comments

Popular posts from this blog

कुवेतको यो भिडियो खोजी खोजी हेर्नुस । यस्ता छन् Kuwait का रहस्यहरु

ल अफ अट्रयाक्सन यो विधि अपनाएर जिवनमा हरेक कुरा पाउन सकिन्छ ।

हाँस उठ्ने अनौठा र अचम्मका सिमाना भएका देशहरु