कुवेतको यो भिडियो खोजी खोजी हेर्नुस । यस्ता छन् Kuwait का रहस्यहरु


कुवेत अरबी देशहरुमा सबै भन्दा सानो देश हो ।
यो देश अरबी संस्कृती र बिकाशका कारण बिश्वमा चर्चित छ । यहाँका हरेक नागरीक करोडपती छन् । यो देश सँग सम्बन्धीत यस्ता कुराहरु छन्, जुन सबैले थाहा पाउनु जरुरी छ । भिडियोलाइ लाइक गर्नुहोला । हामी फटाफट कुवेतका बारेमा रोचक जानकारी दिदैंछौं ।
अरबि भाषमा कुवेतको अर्थ पानिको छेउमा एउटा घर हो । कुवेत करिब ४ सय बर्ष अघि स्थापना भएको देश हो ।  जहाँ खोला नाला वा पोखरी केही पनि छैन । छ त केवल नुनिलो पानि भएको समुन्द्र । कुवेतको पानी तेल भन्दा महँगो हुन्छ । यो देशलाइ पनि अंग्रेजहरुले शासन गरेका थिए ।
कुवेत अंग्रेजहरुबाट स्वतन्त्र भएको मात्र ५८ बर्ष भएको छ । तर १९ बर्ष अघि फेरी कुवेतमा इराकले आक्रमण गरी ७ महिना सम्म कब्जामा राख्यो । र कुवेतको ७५० वटा भन्दा बढी तेलको कुवा ध्वस्त पारिदिए र हजारौं नागरीक मारिए । पछि अमेरिकी सेनाले इराकीहरुलाइ त्यहाँ बाट लखेटेपछी कुवेतले शान्तीको सास फेरेको हो ।
कुवेत अत्याधिक गर्मी हुने देश हो यहाँको तापमान ५३ डिग्री सम्म पुग्छ ।
यो देशमा रक्सी किनबेच गर्न पाइदैन । र यहाँ कुनै रेल्वे लाइन पनि छैन ।
कुवेतको जनसख्या नेपालको काठमाण्डौको जति पनी छैन । यहाँ जम्मा ४२ लाख जनसंख्या रहेको छ ।
यो देशको राष्ट्रीय गानमा कुनै शब्द छैन ।
यो देशमा करिब १० लाख भन्दा बढी बिदेशीहरु रहेका छन् ।
यो देशको सरकारले यहाँको नागरीकलाइ निशुल्क शिक्षा, स्वास्थ्य र जिवन बिमा गरिदिएको छ ।
कुवेतका प्रत्येक नागरकि कार चढ्छन् । यहाँ २० लाख भन्दा बढी कारहरु छन्, र ५ लाख भन्दा बढी बस ट्रक तथा अन्य सवारी छन् ।

कुवेतका महिलाहरुलाइ कुनै उपहार दिनुपर्दा सिधै दिन मिल्दैन बरु आफ्ना दिदिबहीनि , आमा वा कुनै महिला मार्फत मात्र दिनु पर्ने हुन्छ ।
कुवेतको उत्तरतिर साउदी अरब, र पश्चिमतिर इराक छन् ।  यस संवैधानिक राजतन्त्र देशमा संसदीय व्यवस्था भएको सरकार छ ।
कुवेतको राष्ट्रीय पंक्षि बाज अर्थात चिल हो ।
कुवेतको प्रतिव्यक्ति आयको हिसाबमा यो बिश्वको ५ औं सबैभन्दा धनी देश हो ।
उँटको दौड प्रतियोगिता गर्ने पहिलो देश कुवेत हो ।
कुवेतको क्षेत्रफल १७ हजार ८ सय २० किलोमिटर स्क्वायर छ ।
कुवेतको प्रतिव्यक्ति बार्षिक आय नेपाली ७० लाख भन्दा बढी छ ।
यहाँ ९५ प्रतिशत राजस्व तेलबाटै आउँछ ।
कुवेतका जनताहरुको औसत आय ७४ बर्ष सम्म छ ।
कुवेतको पैसा संसारकै सबै भन्दा मंहगो हो । त्यहाँको १ रुपैयाँ ३ सय ६५ रुपैयाँ भन्दा बढी छ ।
यो देशमा खेतीपाती एकदमै कम हुन्छ ।
कुवेतमा तेल भण्डार १९३४मा पत्ता लागेको थियो । कुवेतको तेल भण्डार बिश्वको छैठौं ठुलो तेल भण्डार हो ।
कुवेतको कुल कमाइको ६० प्रतिशत औद्योगीक क्षेत्रबाट आउँछ ।
बिश्वको १५ औं अग्लो टावर कुवेतमै छ जसको उचाइ ४१४ मिटर हो
कुवेतको ६० प्रतिशत तेल एशियामै निर्यात हुने गर्छ ।
कुवेतमा जनतासँग कुनै पनि किसिमको कर लिइदैन भन्दा फरक पर्दैन ।
अन्य अरबी देशको तुलनामा कुवेतमा महिलाहरु धेरै स्वतन्त्र छन् । यहाँका महिलाहरुले चुनावमा भोट पनि गर्न पाउँछन् ।
रमजानको दिनमा यो देशको सार्वजानिक ठाउँमा खान पिउन र ठुलो स्वरमा गित बजाउन पाइदैन ।
कुवेतका अधिकांश जमिनमा बालुवाले भरिएको रेगिस्तान छ ।
कुवेतमा ५ सय किलोमिटर लामो समुन्द्री तट छ ।

Comments

Popular posts from this blog

ल अफ अट्रयाक्सन यो विधि अपनाएर जिवनमा हरेक कुरा पाउन सकिन्छ ।

हाँस उठ्ने अनौठा र अचम्मका सिमाना भएका देशहरु