ल अफ अट्रयाक्सन यो विधि अपनाएर जिवनमा हरेक कुरा पाउन सकिन्छ ।


हामी चाहन्छौं, सफल बनौं । आफुले गरिरहेको काममा धेरै भन्दा धेरै नतिजा प्राप्त होस् । आफुले खोजेजस्तै र चाहेजस्तै परिणाम हासिल होस् । सफलताको उच्चतम विन्दुमा पुग्न सकौं । तर, कसरी ?
दर्शकहरु यस भिडियो हामी तपाइलाइ तपाइको सोचलाइ कसरी सफल बनाउने भन्ने बिषयमा बताउनेछौं । भिडियोलाइ शुरुमै लाइक गर्नु होला ।
 हामी मध्ये धेरैले एक न एक पटक ल अफ अट्रयाक्सनको बारेमा सुनेका छौं ।  बिश्वमा धेरै सफल व्यक्तिले यो विधि अपनाएर जिवनमा सफल भएका छन् ।
के हो त ल अफ अट्रयाक्सन ? अर्थात आकर्षणको नियम । यसले हाम्रो जिवनमा कसरी काम गर्छ । भिडियो पुरा हेर्नुहोला ।
हामी जस्तो सोच्छौं , त्यस्तै हाम्रो जिवनमा हुन थाल्छ । यो एक विश्वब्यापी सत्य कुरा हो । सोचकै शक्तिले  हरेक कुरा तपाइतिर अकर्षित हुन्छ । तपाइ जस्तो सोच्नुहुन्छ त्यस्तै बन्नु हुन्छ । ल अफ अट्रयाक्सन के भन्छ भने सबै भन्दा पहिला तपाइ आफुलाइ राम्रो सोच्नुस ।
जो व्यक्ति आफुलाइ महत्वपुर्ण ठान्दैन बास्तवमै त्यो महत्वपुर्ण हुन्न । तपाइ के सोच्नु हुन्छ यसले तपाइ कस्तो काम गर्नु हुन्छ भन्ने कुरा निर्भर गर्छ । तपाइ के काम गर्नु हुन्छ त्यसले तपाइ के बन्ने भन्ने कुरा निर्भर गर्छ । र तपाइ जे बन्नु हुन्छ मानिसहरु तपाइको बारेमा त्यै सोच्छन् ।
तपाइकै सोचले तपाइको जिवन बन्न पनि सक्छ र बिग्रन पनि सक्छ । त्यसैले हरेक दिन बिहान उठेपछी र राती सुत्ने बेला आफु सँगै पोजिटिभ कुरा गर्नुस । म हरेक काम गर्न सक्छु । म एउटा राम्रो मान्छे हुँ । म आवश्यक्ता पर्दा सबैलाइ मद्धत गर्छु । र म आफैंलाइ धेरै मन पराउँछु । यी कुराहरु ऐना अगाडी उभिएर आफैं सँग बोल्नु भएमा धेरै राम्रो हुनेछ ।
ल अफ अट्रयाक्सन लाइ आफ्नो जिन्दगीमा लागु गर्नको लागी तपाइले सोच्ने कुरा सकारात्मक छ की नकारात्मक बिचार गर्नुस ।
नम्बर १. जब तपाइ चिन्तीत हुनुहुन्छ ः यो बेलामा सोच्नुस कि एउटा महत्वपुर्ण सफल व्यक्तिले यो चिन्ता लाइ कसरी लिन्छ होला ? त्यो व्यक्ति चिन्ता लिएर बस्ला वा अगाडी बढ्ला ?
नम्बर २. तपाईको ड्रेसिङ सेन्स ः के तपाइ कन्फिडेन्स देखिनुहुन्छ ?
नम्बर ३. तपाइको बोल्ने भाषा वा तरिका ः तपाइ कसरी कुरा गर्नु हुन्छ ? तपाइको कुरामा सकारात्मकता देखिन्छ कि नकारात्मकता ?
नम्बर ४. जे तपाइ पढ्नु हुन्छ ः जे तपाइ पढ्नु हुन्छ त्यसले तपाइलाइ फाइदा गरेको छ ?
नम्बर ५. तपाइको छलफल ः तापाइले कसैसँग गर्ने बातचित छलफलले तपाइ वा कसैलाइ फाइदा हुन्छ कि हुन्न ? कि मात्र त्यो टाइम पास गफ हो ?
नम्बर ६ ः जब तपाइ रिसाउनुहुन्छ ः कुनै सफल व्यक्ति वा महत्वपुर्ण व्यक्ति के यसैगरी रिसाउला जसरी तपाइ रिस पोख्नु हुन्छ ।
नम्बर ७. तपाइको काम, पेशा ः के तपाइ अहिले गरिरहेको काम बाट खुशी हुनुहुन्छ ?
तपाइ आफ्नो दिमागमा यी प्रश्नहरु पटक पटक सोध्नुस । यदि उत्तर नकारात्मक आउँछ भने तपाइ आफुलाइ सुधार्नुस ।
अब कुरा गरौं ल अफ अट्रयाक्सनले तपाइको उद्धेश्य कसरी प्राप्त गर्ने त ?
नम्बर १. तपाइको लक्ष्य स्पष्ट हुनु पर्यो । यदी लक्ष्य स्पष्ट भएन भने तपाइ जति परिश्रम गरेपनी सफल हुन सक्नु हुन्न । सबै भन्दा पहिला तपाइ स्पष्ट हुनुस कि तपाइ के चाहनुहुन्छ । हरेक समय बिश्वास गुर्नुस कि तपाइ जे चाहनु हुन्छ त्यो शतप्रतिशत पुरा हुन्छ । त्यसैले तपाइको सोच एकदम स्पष्ट हुनुपर्छ ।
नम्बर २. बिश्वास गर्नुस तपाइको लक्ष्य पुरा हुन्छ ः तपाइ आफ्नो लक्ष्यमा बिश्वास गुर्नु हुन्छ भने तपाइ शतप्रतिशत सफल हुनुहुन्छ ।
नम्बर ३. मान्नुस कि तपाइको लक्ष्य प्राप्त भयो ः तपाइको जुनसुकै लक्ष्य छ त्यो तपाइले प्राप्त गरेको कल्पना गर्नुस । कल्पना सुखद भएमा परिणम पनि सुखदनै पाउनुहुनेछ ।
नम्बर ४ अवचेतन मनको शक्तिको प्रयोग गर्नुस ः  सचेत दिमागमा १० प्रतिशत शक्ति हुन्छ भने अचेत दिमागमा ९० प्रतिशत शक्ति हुन्छ । आफ्नो बिचारहरुलाइ नियन्त्रण गरेर आफुलाइ पटक पटक लक्ष्य तर्फ सोच्न बाध्य पार्नुस ।
राती सुत्नु भन्दा पहिला र बिहान उठेपछी शान्त भएर बस्नुस र आफ्नो दिमागलाइ पनि शान्त बनाउनुस र आफ्नो लक्ष्या पुरा भइरहेको कल्पना गर्नुस । र आफ्नो संकल्पलाइ दोहर्याइरहनुस ।
तपाइ जति नै बौद्धिक भए पनि सकारात्मक सोच र सकारात्मक ब्यबहार भएन भने तपाइले जति गरेपनि तपाइले चाहेको लक्ष्य प्राप्त गर्न सक्नु हुन्न । हरेक दिन कुनै न कुनै प्रेरक भिडियो वा किताब पढ्नुस । हरेक रात १० मिनेट दिनभरी केके गर्नु भो त्यो ख्याल गर्नुस र यसलाइ अझै कसरी राम्रो बनाउने तर्फ ध्यान दिनुस । केही समय प्रकृतिमा बिताउनुस । आफु जस्तै सोच राख्नेहरु सँग सँगत गर्नुस वा काम गर्नुस । एक दिन अबश्य तपाइको लक्ष्य भेट्नु हुनेछ ।


हार्ने वा असफल हुने डरले लक्ष्य नै नबनाउने मानिसले सफल हुनुको आनन्द कहिल्यै पाउँदैनन् । त्यति मात्रै होइन उनीहरुले त सफल हुने प्रगतिको यात्रा नै गरेनन् ।  निष्कर्शमा यो भन्न सकिन्छ कि मानिस सफल हुन कर्म गर्नु पर्छ तर छोटो आयुको खुसीेका लागि गरिने गलत कर्मले अन्ततः लामो दखःलाई निम्ता दिने गर्दो रहेछ । यो पनि सफल हुने बाटो होइन । त्यसै गरि असफल हुने डरले कर्म नै नगरि बस्नु पनि सफल हुने बाटो होइन ।

अर्को एउटा त्यत्तिकै महत्वपुर्ण कुरा छ त्यो भनेको कर्म गरेर मात्रै हुदैन । सही कर्म गर्न जरुरी छ । सही कर्म भन्नाले हामी जे गर्छौं त्यसमा हाम्रो ज्ञान हुनु जरुरी छ । ज्ञानका लागि अध्यायन हुन जरुरी छ । अध्यायन सिकाइका लागि हुनुपर्छ । अध्यायनका अनेक तरिका र रुप हुन सक्छन् । भनिन्छ उत्कृष्ट मानिसहरु अरुको गल्तिबाट सिक्छन्, साधारण मानिस आफ्नो गल्तिबाट र निकृष्ट मानिस अरुको आलोचना र प्रशंसा गरेर समय बर्बाद गर्छन् । सिकाईलाई निरन्तरता दिने र कर्मलाई जारी राख्नेहरुसँग सफल र असफलहुनुका अनुभव हुन्छन् । उनीहरु सफल हुँदा खुसी हुन्छन् र असफल हुदा सिक्छन् । तर निरास कहिल्यै हुदैनन् । वास्तवमा सफल मानिस तिनै हुन् ।

तपाई सफल वा असफल केहि पनि होइन भन्ने सम्झनुहोस् एकछिनलाई तपाईले देखे जानेका सफल वा असफल मानिसको सूची तयार पार्नुहोेस् । यो सूचि तयार पार्न धेरै कठिन छैन । धेरै टाडाका ठूलाठूला सफल र असफल व्यक्तिका कथाहरुको यसमा जरुरत पर्दैन । आफ्नै वरिपरिका जाने बुझेका, थाहापाएका, चिनेका, आफन्त मध्येबाटै यस्ता मानिसको सूचि बनाउदा राम्रो हुन्छ । सूचि धेरै लामो बनाउन जरुरी छैन । दुवै तिर पाँच पाँच जनाको बनाए पुग्छ ।

अब हरेक सफल मानिसका मिल्दाजुल्दा कुरा के के हुन् एक, दुई, तिन, चार गर्दै लेख्दै जानुहोस् । यसको शुरुवात उनीहरुकको दैनिकिदेखि नै शुरु गर्नुहोस् । कति समय काम गर्छन् ? के काम गर्छन् ? कसरी गर्छन् ? बोल्छन् के ? गर्छन के ? भनाई र गराईमा एकरुपता छ कि छैन ? लाउछन् कसरी ? खान्छन् कसरी ? अध्यानन कति गर्छन् ? बोलिमा कति पक्का छन् ? मनोरञ्जन केमा र कसरी गर्छन् ? छुट्टि कसरी मनाउछन् ? बचत कसरी गर्छन् ? धनको उपयोग कसरी र केमा गर्छन् ? मेहनत कति गर्छन् ? आदिआदि । त्यसै गरि असफल मानिसका पनि मिल्दाजुल्दा कुरा के के हुन त्यसैगरि लेख्दै जानुहोस् । सफल हुने र असफल हुने कारणहरु खोतल्नुहोस् । सफल हुँदै गएकाहरुका के के कुरा मिल्छन् र असफल हुदै गएकाहरुका के के कुरा मिल्छन् ? एक अर्कामा मिलाउनुहोस् । कतै यस्तो त हुँदैन सफल हुनेहरुका सोच, बानी, व्यवहार, शैली आदि मिल्दाजुल्दा छन् । त्यसैगरि असफल हुनेहरुका पनि सोच, बानी, व्यवहार, शैली आदि मिल्दाजुल्दा छन् । अब आपैmसँग दाजेर हेर्नुहोस् तपाईको आचरण, व्यवहार, बोली, शैली कोसँग बढी मिलेको छ ? यसबाट आप्mनो बारेमा थाहा पाउन सकिन्छ । धेरै मानिसलाई लाग्छ म आप्mना बारेमा धेरै जान्ने छु तर वास्तविकता त्यस्तो हुदैन । भनिन्छ आप्mनो बारेमा थाहा पाउनु मानिसको ठुलो क्षमता हो । आफ्नो बारेमा थाहा पाउनु भनेको आपूmले सधैं हिँडने गरेको बाटो थाहा पाउनु हो । तपाई सफल वा असफल जे भएपनि त्यो तपाई आपैmले हिँडेको बाटो हो । त्यसलाई सही बाटोमा हिँडाउने क्षमता तपाईमा छ । अरु त सहयोगी मात्रै हुन् ।

Comments

Popular posts from this blog

कुवेतको यो भिडियो खोजी खोजी हेर्नुस । यस्ता छन् Kuwait का रहस्यहरु

हाँस उठ्ने अनौठा र अचम्मका सिमाना भएका देशहरु