हाँस उठ्ने अनौठा र अचम्मका सिमाना भएका देशहरु


बिश्वभर लगभग २ सय वटा देशहरु छन् । धेरै देशहरु चारैतिरबाट समुन्द्रले घेरीएका छन् । यो संसारमा धेरै अचम्म अचम्मका सिमानाहरु पनि छन् । केही सिमानाहरु अत्यन्तै खतरनाक छन भने केही हाँस उठ्ने खालका छन् । साथमा नेपाल र चाइनाको पनि यस्तै एउटा सिमानाको बारेमा बताउने छौं ।  यस भिडियोमा यस्तै यस्तै अनौठा सिमानाहरुको बारेमा भन्ने छौं । शुरुमा लाइक गर्न भने नछुटाउनु होला ।
नम्बर १५ ः बेल्जियम र नेदरल्याण्डको सिमाना ः यो बिश्वको सबैभन्दा झूक्याउने सिमाना हो जुन एउटा सहरको बिच मा छ । यो सिमानाको नाम बार्ले नस्साउ र बार्ले हेर्टोग हो । यो सिमानाको बिचमा एउटा घर छ जुन आधा बेल्जीयममा र आधा नेदरल्याण्डमा पर्छ । अनि यो एउटा होटल आधा नेदरल्याण्डमा छ भने आधा बेल्जीयममा ।
नम्बर १४ ः डर्बी लाइन भरमोन्ट ः यो सिमाना अमेरीका र क्यानाडाको हो । यहाँको एउटा परिवार खाना अमेरीकामा बनाउँछन् अनि खान्छन् क्यानाडामा । यहाँको अर्को एउटा थियटर पनि सिमानामै बनाइएको छ । यसको स्टेज अमेरीकातिर पर्छ भने दर्शक क्यानाडा तिर हुन्छन् ।
नम्बर १३ ः सगरमाथा ः धेरैलाइ थाहा नहुन सक्छ, पुरै सगरमाथा नेपालमा पर्दैन । आधा मात्रै सगरमाथा नेपालको हो भने आधा चिनको हो । यस कारण सगरमाथा बिश्वको अग्लो ठाउँ मात्र नभएर चिन र नेपालको अन्तरर्राष्ट्रीय सिमाना पनि हो । सर्वोच्च शिखर सगरमाथाको सीमांकन सम्झौता झण्डै ६० वर्षअघि आधा आधी हुने गरी बाँड फाँड भएको थियो ।
नम्बर १२ ः अमेरीका र मेक्सीको सिमाना ः यि दुइ देशको एउटा सिमाना बडो रमाइलो छ । देशहरुमा राम्रो सम्बन्ध नभए पनि नागरीकहरु सिमानाको पर्खाललाइ नेट बनाएर भलीबल खेल्ने गर्छन् ।

नम्बर ११ ः द कोरीयन डिमिलिटराइजर्ड जोन ः यो सिमाना बिश्वकै खतरनाक सिमाना हो ।  कोरीयाको यो जोन २ सय ६० किलोमिटरको क्षेत्रफलमा छ । यो त्यो क्षेत्र हो जसले साउथ र नर्थ कोरीयालाइ छुट्याउँछ । यो बिश्वकै सबै भन्दा धेरै आर्मीहरु भएको सिमाना पनि हो । किन भने यि दूइ देशहरु अहिले पनि युद्ध गरिरहेका छन् ।  यहाँबाट कोही पनि आउजाउ गर्दैनन् त्यसैकारणले यो क्षेत्रमा दुर्लभ जनावरहरुलाइ पालेर राखिएको छ ।

नम्बर १० ः ट्युमन रिभर ः  यो पनि बिश्वकै अनौठो सिमाना हो । यो नदी पार गरेपछी उत्तरकोरीया पुगिन्छ केही पर पुगेपछी चाइनाको सिमाना भेटीन्छ । र चाइना बाट अली पर पुगेपछी रसिया भेटीन्छ । यि तिन वटै देशहरु अत्यन्तै खतरनाक हुन । त्यसैले अहिले सम्म यी सिमानाबाट कसैले पनि अवैधानिक रुपमा पार गरेको छैन ।
नम्बर ९ ः द डायोमेडिज ः डायोमेडि २ वटा आइल्याण्डहरु हुन । एउटा आइल्याण्ड सानो छ भने अर्को ठुलो । सानो आइल्याण्ड अमेरीकाको हो जहाँ २ सय जती अमेरीकनहरु स्छन् । भने ठुलो आइल्याण्ड रसियाको कब्जमा छ ।  ४ किलोमिटरको फरकमा रहेको यी आइल्याण्ड को टाइमजोन फरक फरक छ । अमेरीकामा शनिबार हुँदा ४ किलोमिट पर रसियामा आइतबार हुन्छ ।
नम्बर ८ ः  इन्डिया पाकिस्तान सिमाना ः यो सिमाना २९ सय किलोमिटर लामो छ । यो पनि बिश्वको लामो मध्येकै एउटा सिमाना हो । यो अन्तरिक्ष बाट पनि देखिन्छ । यो पनि बिश्वको खतरनाक सिमाना मध्यमा एउटा पर्छ ।
नम्बर ७ . बिर ताविल (अफ्रीका) ः विर ताविल २०६० वर्गमिटरको एउटा जमिन हो जुन एन्टारटिका महाद्धिप बाहेक बिश्वकै यस्तो जमिन हो जसमा कुनै पनि देशले आफ्नो अधिकार जमाउँदैन । कुनै पनि देशले यो जमिन नलिएको हुनाले यो जमिन यत्तिकै खाली बसेको छ । यसले यो ठाउँमा गएर तपाइ पनि आफ्नो छुट्टै देश बनाउन सक्नु हुन्छ । यहाँ धेरै मानिसहरु पुगेर आफ्नो झण्डा गाडेर छुट्टै देशको घोषणा गरीसकेका छन्, तै पनी उनिहरुलाइ अहिले सम्म कुनै देशले केही भनेको छैन । जियरेमिया नामक अमेरीकाको एक व्यक्ति पनि यहाँ गएर झण्डा गाडेको थियो र आफ्नी छोरीलाइ त्यहाँको राजकुमारी बताएको थियो । यसैगरी त्यहाँ अहिले सम्म धेरैले आफ्नो झण्डा गाडि सकेका छन् ।
नम्बर ६ . हाइटी र दिमोनिकन रिपब्लिक ः यी देशको सिमाना हेर्दा यी दुई देशमा भएको जंगल फडानीको तुलना गर्न सकिन्छ ।
नम्बर ५. अर्जेन्टीना, परागुय र ब्राजिल ः दक्षिण अमेरिकाको इगगु र पाराना नदीको मिलन  भएको ठाउमा यी ३ देशको सिमा रहेको छ ।
नम्बर ४. अष्ट्रिया, हंगेरी र सोल्वाकिया ः यो सिमाना पनि बडो अचम्मको छ । पिकनिक टेबल ले यी तिन देशबीच को सिमाना को संकेत गरेको  छ ।
नम्बर ३ .उत्तरी र दक्षिणी गोलार्द ः कुनै देशको नभई उत्तरी र दक्षिणी गोलार्दको मिलन भएको ठाउँमा यस्तो स्तम्भ पर्दछ ।
नम्बर २ .अर्जेंटिना, पुरुग्वे और ब्राजील ः यी तिन दक्षिण अमेरीकन देशहरुको सिमाना पनि धेरैनै रोमाञ्चक छ । यो सिमानामा इग्जाउ र पराना नामका दुइ नदि आएर मिसीने गर्छ ।
नम्बर १ . नर्वे र स्विडेनको सिमाना ः यी दुइवटा देशको एउटा सिमाना हिउँमा हिड्ने  स्नोमोबिलले सफा गरेर बनाएको छ ।
यो भिडियो कस्तो लाग्यो ? कमेन्टमा अबश्य बताउनु होला र मन परेमा शेयर गर्न नभुल्नु होला साथै अन्य अपडेटका लागी अनलाइन टिभि सब्सक्राइब गर्न नबिर्सनु होला ।

Comments

Popular posts from this blog

कुवेतको यो भिडियो खोजी खोजी हेर्नुस । यस्ता छन् Kuwait का रहस्यहरु

ल अफ अट्रयाक्सन यो विधि अपनाएर जिवनमा हरेक कुरा पाउन सकिन्छ ।