सरकारले पनि रोक लगाएका यस्ता खतरनाक ठाउँहरु

बिश्वका हरेक मान्छे पुरै बिश्व घुम्न चाहन्छ । तर बिश्वका यस्ता ठाउँहरु पनि छन्, जहाँ तपाइ सपनामा पनि जान चाहनु हुन्न । त्यहाँ जानु भनेको मृत्युलाई निम्तो दिनु बराबर हो । किनकी ति ठाउँहरु रहस्यले भरिएका र खतरनाक छन् । जसलाइ  अहिले सम्म कसैले बुझ्न सकेको छैनन् । संसारमा धेरै ठाउँहरु यस्ता छन्, जसको रहस्य पत्ता लगाउने धुनमा आफ्नो ज्यान नै गुमाए ।। यस्ता ठाउँमा जान त्यहाँको सरकारले पनि रोक लगाएका छन् । आउनुस तपाई जहाँ हुनुहुन्छ त्यहि ठाउँ बाटै यी खतरनाक ठाउँहरु घुमौं ।
आज हामी यस्ता खतरनाक ठाउँहरुको बारेमा बताउने छौं । शुरुमा भिडियो लाइक गर्नु होला ।
नम्बर १ ः सेन्टीनल आइल्याण्ड
हामीले नेपालका जंगलमा बस्ने राउटे त सुनेका छौं तर हाम्रा राउटेहरु धेरै खतरनाक छैनन्, यी राउटेले मान्छे त खाँदैनन् । बिश्वमा एउटा यस्तो ठाउँ छ । जहाँका आदिवासी  नयाँ मान्छे देख्न साथ आक्रमण गर्छन र मारेर खान्छन् । हजुर, अन्डमान निकोबर द्धिप समुहको नर्थ सेन्टीनल आइल्याण्ड मा जो व्यक्ति जान्छ त्यो फर्केर आउन असम्भव हुन्छ ।
जानकारीका अनुसार यो हिन्द महासगरको सबैभन्दा ठुलो आइल्याण्ड मानिने गर्छ । जसको क्षेत्रफल लगभग २८ वर्ग किलोमिटर रहेको छ ।
यस नर्थ सेन्टिनल नामको आइल्याण्ड वरिपरी धेरै डरलाग्दा सेन्टिनल नामका जनजाति बसोबास गर्ने गरेका छन् । यी मान्छेहरु यति धेरै खतरनाक छन् कि आफ्नो बस्ती वरिपरी अन्य कुनै व्यक्तिको पाइलो पर्न दिदैंनन। यदि बाहिरी व्यक्ति त्यस क्षेत्रमा जाने हिम्मत गर्यो भने उनीहरु त्यसलाई मारेर खाने गर्छन् ।
यहाँ धेरै पर्यटकहरुको हत्या भैसकेको छ । यो आइल्याण्डमा यि आदीवासीको सङ्ख्या ४० देखी ४०० सम्म हुन सक्ने अनुमान गरिएको छ । उनिहरु बस्ने जंगल माथि आकाशमा उड्ने हेलीकोप्टर देखी समुन्द्रमा आउने जहाज र नयाँ पर्यटक कसैलाइ पनि उनिहरु बाँकि राख्दैनन्, आफु सँग भएको धनुष बाण तथा ढुङ्गाले आक्रमण गरिहाल्छन् । करिब ६० हजार बर्ष देखी बस्दै आएका यी आदीबासीहरु खेती गदैनन्, उनिहरु जंगल जंगल घुम्ने र शिकार गर्दै हिँड्ने गर्छन् ।
नम्बर २ माउन्ट हुवाङ्रसा ः
यदी तपाइलाइ मृत्यु सँग डर लाग्दैन र खतरनाक ठाउँहरुमा जाने रहर छ भने चिनको माउन्ट हुवाङ्सा जान सक्नु हुन्छ । यो खतरनाक पहाडहरु मध्ये एक हो ।  यहाँको  यो डर लाग्दो तेर्सो काठको बाटो हिँड्दा सानो भन्दा सानो गल्ती पनि तपाइलाइ मृत्युको मुखमा पुर्याउन सक्छ । हरेक बर्ष यहाँ बाट सयौं पर्यटक झरेर मर्ने गर्छन् । चिनमा रहेको यो माउन्ट हुवाङ्रसा पहाड यहाँ बाट देखिने मनोरम दृश्यहरु र काठको बाटो हिड्नको लागी  खुब प्रख्यात छ । यसलाइ प्लाङ्क वाक पनि भनिन्छ । चिनको माउन्ट हुवाङ्शाको ५ वटा अग्ला अग्ला पहाड मध्ये यो सबै भन्दा अग्लो पहाड हो जुन ७ हजार ७ सय फिट अग्लो छ । जमिन देखी हजारौ फिट माथि काठको सानो फल्याकको बाटो हिड्नु कमजोर मुटू हुनेहरुको लागी असम्भव हो । तै पनि यहाँ बर्षेनी लाखौं पर्यटक जाने गर्छन् । जाने हैन त तपाइ पनि ?
नम्बर ३ मर्डर भ्याली मेक्सीको 
मेक्सीकोको जुवारेज भन्ने ठाउँमा त्यहाँको पुलिस पनि छिर्न सक्दैन । यहाँ हरेक दिन २ हत्या डरलाग्दो अपहरण, बलात्कार र फिरौती हुने गर्छ । करिब ६० हजारको जनसङ्ख्या रहेको यो ठाउँमा अहिले घटेर जम्मा ५ हजार मात्र छ । यहाँको सडकमा लास यत्र तत्र छरिनु कुनै नौलो कुरा हुँदैन । याहाँका मानिसलाइ यो सब बानि परिसकेको छ । हरेक गल्लीमा जलिरहेको लास, रगतले लत्पतिएर चिच्याइरहेका मान्छेहरु, अनि चौबिसै घण्टा युद्ध जस्तो माहोल यहाँको दैनिकि जस्तै हो । तर हामिलाइ सुन्दा र सोच्दा मात्र पनि बिश्वास लाग्दैन । याहाँ जाने कुरा त परै छोडौं । कुनै समय यहाँका मानिसहरु पनि राम्रै जिवन बाँचिरहेका थिए । कपासको खेती गर्थे । तर यो ठाउँमा हुकुम गर्ने मनसाय भएका केही व्यक्तिका कारण यो ठाउँ युद्धस्थलमा परिवर्तन भयो । यहाँका मानिसहरु बीच नै काटाकाट हुन थाल्यो । धेरै मानिसहरु हताहत भए भने धेरै शहर छोडेर भागे । यसैकारण अहिले यहाँ ५ हजार मात्र मानिसहरु मुटु दह्रो बनाएर बसेका छन् । घर खर्च चलाउनको लागी धेरै महिलाहरु बेश्यावृति गरेर बसेका छन् । यहाँको स्थीति साम्य पार्छु भनेर आउने हरुलाइ समेत गोली हानेर मारियो । सन २००९ मा यहाँको प्रति व्यक्ति हत्या दर १६ सय थियो । यो बिश्वकै खतरनाक देशहरुको तुलनामा ६ गुना धेरै हो ।
नम्बर ४ ः पोभेग्लिया, इटली
यो सानो टापु उत्तरी इटलीको भेनिसियन लगूनमा पर्ने भेनिस र लिडोको बीचमा अवस्थित छ । शताब्दीयौँदेखि यो टापु शरणार्थी, विर्वासित मानिसहरूको लागि प्रयोग हुँदै आएको थियो, जहाँ मरेका र रोगी मानिसहरूलाई फोहोरसरी फालिने गरिन्थ्यो ।
सन् १३४८ मा, जब भेनिसमा  महामारी आइलाग्यो, अन्य धेरै साना टापुहरूजस्तै यो टापु पनि सरुवा रोगी टापु बन्न पुग्यो । महामारीबाट विभिन्न किसिमका रोगहरू फैलिने डरले गर्दा भेनिसले त्यहाँका थुप्रै रोगी नागरिकहरूलाई उक्त टापुमा निर्वासन गरिएको थियो ।
यस टापुको केन्द्रभागमा मृत शरीर र मर्दै गरेका मानिसहरूलाई जिउँदै जलाइएको थियो । अनुमान गरेअनुसार, यस टापुमा शताब्दीदेखि अहिलेसम्म १,००,००० भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ । त्यसपश्चात, मानिसहरू यस टापुको नजिकपनि जान डराउँछन् । तपाइ पनि झुक्केर पनि नजानुस ।
नम्बर ५ ःसेबल आइल्याण्ड, जहाज निल्ने स्थान (क्यानाडा)
क्यानाडाको एक स्थान यस्तो स्थान छ जसलाई हेर्दा लाग्छ यो कुनै शिकारी हो र यसले शिकार गर्न खोजिरहेको छ । यहाँ एकदमै गर्मी हुन्छ । साथै तेजगतिमा तूफान चल्छ । जसका कारण कयौं जहाजहरु यस क्षेत्रको आकासहुँदै उड्दा दुघर्टनाग्रस्त भएका छन् । यहाँको बालुवा माटोसमेत समूद्रको पानी जस्तै रंगमा बदलिरहन्छन् ।

नम्बर ६ ः  रामरी आइल्याण्ड (बर्मा)
यो बर्मामा पर्दछ । यो दिप गिनिज बुक अफ वल्ड रेकर्डमा समेत रेकर्ड भएको छ । म्यान्मारको रामरी आइल्याण्डमा संसारकै सवै भन्दा डरलाग्दा गोही पाइन्छन् । यहाँ दलदलले भरिएको टापुमा असाध्यै घातक र विषालु गोही र बिच्छीको बिगबिगी छ । दोस्रो विश्वयुद्धका बेला यहाँ ६ दिन युद्ध चलेको थियो । कयौं घाइते सैनिकहरु गोहीको भोजन बनेका थिए । कयौं सैनिकहरु दलदलमा फसेर मरेका थिए । करिब १ हजार जापानी सैनिक यो टापुमा युद्धाका दौरान छिरेका थिए जसमध्य २० जान मात्रै बाँचेका थिए ।
नम्बर ७ एरिया ५१ (अमेरिका)
तपाईहरुले यो नाम पहिले कतै सुन्नु भएको हुनसक्छ । अमेरिकामा एक गुप्त सैन्य आधार सिविर रहेको छ जुन अमेरिकन मान्छेका साथै सम्पूर्ण संसारको लागि गोप्य राखिएको छ । यस स्थानको बारेमा फरक (फरक सुनिएपनि जनतासामु अथार्त बताइएको छैन । यस क्षेत्रमा पनि केवल डरलाग्दा बिषालु साँप मात्र पाईने भएकाले मान्छेहरु आवत जावतमा रोक लागिएको बुझिएको छ । यहाँ साँपको अध्ययनका लागि मात्र केही स्थानमा प्रवेश गराउने गरिएको छ ।
नम्बर ८ ः पोवेग्लिया (इटली)
इटालीमा अवस्थित यस आइल्याण्डले ठुलो इतिहास बोकेको छ । जानकारीका अनुसार प्राचिनकालमा, कुनै पनि प्राणघातक रोग लागेका मान्छेहरु यस स्थानमामा छोड्ने गरिन्थ्यो । कुनै समय यस स्थानमा १ महिनाको बीचमा १ लाख ६० हजार मृतक व्यक्ति छोडीएको थियो । यसरी मृतक मान्छेहरु छोड्ने भएकाले त्यस स्थानमा तिनका आत्माले दुख दिने हुँदा त्यस स्थानमा जान प्रतिबन्ध लागिएको छ ।
नम्बर ९ ः किपु ताल (कंगो)
अफ्रिकी महादेशको कंगो र रुवान्डा बिचमा रहेको स्थान हो यो । यसको पानीमूनि मिथेन ग्याँस लुकेको छ । यदि यो विषयुक्त ग्याँस बादल बनेर अगाडि बाहिर आयो भने यो क्षेत्र आपपासका करीब २० लाख मानिसको ज्यान लिन सक्छ ।

नम्बर  १० ः  पूर्वीय रेनेल, सोलोमन टापु
रेनेल टापुको दक्षिणतर्फ अवस्थित यो पूर्वीय रेनेल ‘युनेस्को विश्व सम्पदा सूची’मा पर्दछ, जुन सोलोमन टापुकै एक हिस्सा हो। यस टापुमा बसोबास गर्दै आएका ‘जायन्ट्स’ (विशाल मानिस) हरूले अरू मानिसको टाउको काटेर मासु खाने गरेको पाइएको छ, त्यसैले गर्दा नै यो टापुमा कसैलाई पनि जान दिइँदैन।
नम्बर ११ ः रोयल पाथ स्पेन
बिश्वको खतरनाक ठाउँहरु मध्ये एक हो स्पेनको रोयल पाथ । यो ठाउँ अलोरा नामको एउटा गाउँ नजिकै छ  । यो खतरनाक बाटो ९ फिट उचाइ सम्म छ । यो बाटोबाट लडेर अहिले सम्म धेरै व्यक्ति मरिसकेका छन् ।

नम्बर १२ ः खुनी पोखरी (जापान)
यो जापानको सबैभन्दा प्रसिद्ध स्थानमध्ये एक हो । यो पोखरीमा छुनसमेत मनाही गरिएको छ । किनकी यस पोखरीको तामक्रम १९४ डिग्री सेल्सिएस रहेको छ । यो पोखरीको पानी पूरै रगत जस्तो रातो छ र यसपानीमा नुनको मात्रा अधिक रहेको छ। यसलाई हेर्दा यस्तो लाग्छ यो नरक जाने मार्ग हो ।
नम्बर १३ ः एनविक पोइजन गार्डेन,
बेलायत बेलायतको विषालु बगैचामा भएका जडुबुटीले तपाईको ज्यानै लिन सक्छन् । यो बगैचाम विषालु बोट बिरुवा उमार्ने सरकारले लाइसेन्स नै दिएको छ । १४ एकड क्षेत्रमा फैलिएको यो बगैचमा १०० प्रजातीका त्यस्ता बोट विरुवा छन् जसले ज्यान लिन सक्दछन् ।
नम्बर १४ ः ह्वाइट्स जेन्टलमेन क्लव, इङग्ल्याण्ड
इङग्ल्याण्ँकै सबैभन्दा गोप्य र सुरक्षित क्लवको रुपमा यसलाई मानिन्छ । धनाढ्यहरुका लागि मात्रै सञ्चालन गरिएको यस क्लवको ढोका महिला र सामान्य नागरिकका लागि सधैँ बन्द हुन्छ । यस क्लवभित्र प्रवेश गरिसकेपछि ग्याम्ब्लीङ गर्नु र मात्ने गरी पिउनुलाई नौलो रुपमा लिईंदैन । इङग्ल्याण्ँका प्रधानमन्त्री डेभिड क्यामरुन यस क्लवका पुर्व सदस्य हुन् । पछि उनले आङ्खनो पार्टीको बिचारका कारण्ँ क्लवको सदस्यता त्यागेका थिए ।
नम्बर १५ ः स्नेक आइल्याण्ड (ब्राजील)
ब्राजिल, साओ पाउलाको तटबन्दमा पर्ने यो ‘स्नेक टापु’मा तपाईँले प्रत्येक वर्ग मिटरमा एउटा सर्प भेट्न सक्नुहुन्छ, यसै हिसाबले हरेक पाइलामा तपाईँले एउटा सर्पलाई टेक्नुहुन्छ । यहाँ सबैभन्दा बढी पाइने सर्प दुर्लभ मानिने ‘गोल्डेन पिटभाइपर’, जसको टोकाईले हाम्रो शरीरमा ‘होमोटक्सिन’ नामक विष छाड्दछ।
उक्त भाइपर सर्पलाई बचाइराख्नको लागि, ब्राजिलीयन नौसेनाले यस टापुलाई साधारण मानिसहरूको लागि बन्द गरिदिएको छ। वैज्ञानिक तथा खोजकर्ताहरू जसले पिटभाइपरको अध्ययन गरिरहेका छन, उनीहरू मात्रै यो टापुमा छिर्न पाउछन्, त्यो पनि विशेष स्वीकृति प्राप्त गरेर मात्रै।
भनिन्छ कि पहिला यहाँ एउटा लाइट हाउस थियो । त्यस लाइट हाउस हेरचाह गर्ने एउटा परिवारलाइ साँपहरुले टोकेर मारेर खाएपछी अहिले त्यहाँ कोही पनि बस्दैनन् ।
भिडियो कस्तो लाग्यो ? राम्रो लागेमा लाइक कमेन्ट र शेयर गर्न नभुल्नु होला । हामी यस्तै रोचक सामग्री लिएर उपस्थित हुने गर्छौ । त्यसैले सब्सक्राइब पनि गर्न नभुल्नु होला ।

Comments

Popular posts from this blog

कुवेतको यो भिडियो खोजी खोजी हेर्नुस । यस्ता छन् Kuwait का रहस्यहरु

ल अफ अट्रयाक्सन यो विधि अपनाएर जिवनमा हरेक कुरा पाउन सकिन्छ ।

हाँस उठ्ने अनौठा र अचम्मका सिमाना भएका देशहरु