बिश्वकै ठुला जनावर जनावरहरु
नमस्कार अनलाइन टिभिमा स्वागत छ । त्यसो त दुनियामा साना भन्दा पनि साना जिव र जनावरहरु हुन्छन्, जसलाइ अहिलेको प्रविधिले पनि देख्न सकिदैन । तर यस भिडियोमा हामी देखाउँछौं, पृथ्वीमा रहेका ठुला भन्दा ठुला अचम्म लाग्दा जनावरहरु । जसमा बाख्रा भन्दा पनि ठुला मुसा, कुकुर जत्रो खरायो, गधा भन्दा ठुलो कुकुर, अजंगको सर्प, ८ वटा हवाइजहाज भन्दा ठुलो ह्वेल माछा लगायत २० वटा अजंगका जनावरहरु यस भिडियोमा देख्न पाउनुहुनेछ । भिडियो लाइ लाइक गर्न भने नबिर्सनुहोला ।
शुरुमा कुरा गरौं नम्बर १ मा सबै भन्दा ठुलो मुसाको बारेमा
यो क्यापाब्यारा नामको मुसाको प्रजाती हो । यो सामान्य बाख्रा भन्दा ४ गुणा ठुलो हुन्छ । ५ फिट सम्म लम्बाइ हुने दक्षिण अमेरीकामा पाइने यी मुसाको तौल लगभग १०० किलोको हुन्छ । यीनिहरु पानिको छेउछाउ पाइन्छन् भने यी मुसाहरु कम्तिमा २० देखी १०० जना सम्मको समुहमा हिड्ने गर्छन् ।
नम्बर २. सबै भन्दा ठुलो खरायो
बिश्वको सबै भन्दा ठुलो खरायो डेरीस नामको खरायो हो । यो २२ किलो भन्दा धेरैको थियो र यसको लम्बाइ ४ फिट ४ इन्च थियो । यसको जेफ नामको बच्चाले गिनिज बुकमा रेकर्ड समेत राखेको थियो ।
नम्बर ३. सबै भन्दा अग्लो कुकुर
गिनिज बुकमा नाम लेखाउन सफल यो जिउस नामको कुकुर सात फिट ४ इन्च अग्लो थियो । जो सन २०१४ मा मरिसकेको छ । अमेरिकाको यो कुकुर औसत गधा बराबरको थियो । जसको तौल ७० किलो भन्दा धेरै थियो ।
नम्बर ४. सबै भन्दा ठुलो सर्प ः ग्रिन एनाकोण्डा
३२ फिट लामो यो एनाकोण्डा २५० किलो सम्मको तौल हुन्छ । यो हरीयो एनाकोण्डा बिश्वकै सबै भन्दा लामो सर्प हो । एनाकोण्डाका ४ प्रजाति मध्ये यो सबै भन्दा खतारनाक मानिन्छ । तर यसले मान्छे नै निल्न भने सक्दैन ।
नम्बर ५. सबैभन्दा ठुलो छेपारो
इन्डोनेसिया लगायतका देशमा पाइने यो छेपारो १० फिट अग्लो र ९० किलो सम्म तौल हुने गर्छ । यी बडेमानका छेपारोहरु जंगली भैंसी, हरीण, सुँगुर तथा मान्छेलाइ समेत शिकार गर्दछन् ।
नम्बर ६. निलो ह्वेल माछा
यो समुन्द्रमा पाइने पृथ्वीकै सबै भन्दा ठुलो जनावर हो । यो निलो ह्वेलको जिब्रो मात्र झण्डै ३ हजार किलोको हुन्छ भने यसको मुटु झण्डै ६ सय किलोको हुन्छ । र पुरै ह्वेल माछा १ लाख ८० हजार किलोको हुन्छ । यानिकि लगभग ८ वटा हवाइजहाज बराबर यसको तौल हुने गर्छ । यो ह्वेलले एक दिनमा झण्डै ४ करोड साना माछाहरु खाने गर्छ । जुन सुन्दैमा आश्चर्यजनक छ । यो ह्वेल झण्डै १ सय फिटको हुने गर्छ ।
नम्बर ७. सबै भन्दा लामो गोही
४५८ किलो को यो गोही १५ फिट ९ इन्च लामो छ । यो गोहीलाइ एउटा ५ सदस्यीय परिवारले ५ घण्टा लगाएर मारेका थिए । यो अहिले सम्मको सबै भन्दा लामो गोही मानिन्छ । यो गोही लगभग २८ बर्षको अनुमान गरिएको थियो । यसको केही अवशेषहरु अमेरीकाको संग्राहलयमा सुरक्षीत राखिएको छ ।
नम्बर ८. अफ्रिकन बुश हात्ती
यो अफ्रिकन बुश हात्ती जमिनमा पाइने पृथ्वीकै सबै भन्दा ठुलो जनावर हो । यसको औसत तौल ६ हजार किलो हुन्छ भने यो साँढे ३ मिटर उचाइ तथा सात मिटर सम्म चौडाइ हुने गर्छ । तर पोथी हात्ति भने हल्का सानो हुने गर्छ । यी बडेमानका बुश हात्तिलाइ कुनै पनि जंगली जनावरहरुले आक्रमण गर्नै सक्दैनन् ।
नम्बर ९. जिराफ
यो संसारकै सबै भन्दा लामो जनावर हो । यो १ हजार ६ सय किलो सम्मको हुने गर्छ । यसको गर्दन मात्रै झण्डै ७ फिटको हुन्छ भने पुरै जिराफ २० फिट सम्म लामो हुने गर्छ ।
नम्बर १०. दक्षिणी सिल हात्ती
यो अर्को ठुलो मांसहारी जिव हो । यो ५ हजार किलो सम्मको हुने गर्छ । र ७ मिटर सम्म लामो हुने गर्छ । यी सिल हात्ति माछा खोज्दै समुन्द्रको १ किलो मिटर गहिराइ सम्म जाने गर्छन् । यीनिहरु २५० भन्दा बढी जातका हुने गर्छन् ।
नम्बर ११. सबै भन्दा ठुलो माकुरा जस्तो गंगटा
यो भिमकाय गंगटा जापानको समुन्द्रमा पाइन्छ । यसका खुट्टाहरु १२ फिट सम्म अग्ला हुन्छ भने यो १९ किलो सम्मको हुन्छ । यो १ सय बर्ष सम्म बाँच्न सक्छ ।
नम्बर १२. सबै भन्दा ठुलो पुतली
यो पुतलीलाइ रानी एलेक्जेन्ड्रा भनिन्छ । जुन पपुवान्युगिनि भन्ने देशमा मात्र पाइन्छ । यो पुतलीको पखेंटा १ फिट भन्दा पनि लामो हुन्छ । तर यो पुतली एकदमै दुर्लभ छ ।
नम्बर १३. सबै भन्दा ठुलो भ्यागुता
गोलियथ नामको यो भ्यागुता १ फिट सम्म अग्लो हुन्छ भने यसको तौल साँढे ३ किलो हुन्छ । यो भ्यागुतो १० फिट सम्म उफ्रेर छलाङ लगाउन सक्छन् ।
नम्बर १४. पोलार बियर र कोडिएक बियर
यी ध्रुविय भालुहरुको लम्बाइ १० फिट र उचाइ ५ फिट सम्म हुन्छ । र १२ सय किलो सम्मको हुन्छ ।
नम्बर १५. सबै भन्दा ठुलो चमेरो
यो चमेरोको टाउको सुनौलो हुन्छ । त्यसैले यसलाइ गोल्डेन क्राउन ब्याट पनि भनिन्छ । यसको तौल १ किलो ५ सय ग्राम हुन्छ भने यो २ फिट लामो हुन्छ । तर यसको पखेंटा ६ फिट सम्म लामो हुन्छ ।
नम्बर १६. सबै भन्दा ठुलो माछा
त्यसो त पृथ्वीमा उड्ने माछा देखी हजारौं किलो सम्मको माछा पाइन्छ । ६ फिट देखी ८ फिट लामो यो बोनी नामको माछाको तौल १ हजार देखी २ हजार किलो सम्म हुने गर्छ । यसको २९ हजार प्रजातिहरु हुन्छ ।
नम्बर १७. सबै भन्दा अग्लो चरा
अस्ट्रीच बिश्वकै सबै भन्दा ठुलो र अग्लो चरा हो । तर यो उड्न सक्दैन । अफ्रीका र अरबी देशहरुमा सबै भन्दा ठुला अस्ट्रीच पाइने गर्छन् । यीनिहरु १० फिट सम्म अग्ला हुन्छन् । अस्ट्रीचको अण्डा १ किलो ५ सय ग्राम सम्म हुन्छ । र यो १०० किलोमिटर प्रतिघण्टा दौडिन सक्छ ।
नम्बर १८. सबै भन्दा ठुलो उड्ने चरा
डेलमेटियन पेलिकन सबै भन्दा ठुलो उड्ने चरा हो । यसलाइ नेपालीमा भुँडीफोर पनि भनिन्छ र यो तराइमा धेरै पाइन्छ । र यो दक्षीण पुर्वी युरोप, देखी भारत र चिनमा पनि पाइन्छ । यो १५ किलो सम्म हुन्छ । यो ६ फिट अग्लो हुन्छ । यसको पखेंटा १० फिट सम्म लामो हुन्छ ।
नम्बर १९. जेलि फिश
सियानिया नामको यो जेलिफिश मात्र आधा इन्चको हुन्छ । तर यो फैलिँदा साँढे ६ फिट सम्म ठुलो हुन्छ । यो जेलिफिश मान्छेलाइ टोक्न पनि सक्छ । सन २०१० मा एक जेलिफिशले ५० देखी १०० जनालाइ टोकेको थियो ।
नम्बर २०. साल्ट वाटर क्रोकोडाइल अर्थात नुनलिो गोही
यो घिस्रिने जनावरमा सबै भन्दा ठुलो जनावर हो । यो उत्तरी अष्ट्रेलिया देखी भारत सम्म पाइन्छ । यो १ हजार किलो सम्म हुन्छ भने यसको लम्बाइ १८ फिट सम्म हुन्छ । यसले कुनै पनि जनावरलाइ सिधै निल्न सक्छ । यो पानि तथा जमिन दुबै ठाउँ बस्न सक्छ ।
भिडियो कस्तो लाग्यो कमेन्टमा बताउनु होला । मन परेमा साथीभाइमाझ शेयर पनि गर्नुहोला र सब्सक्राइब गर्न नबिर्सनुहोला । हामी यस्तै अन्य रोचक सामग्री निरन्तर अपलोड गरिरहने छौं ।
Comments
Post a Comment